नेपालमा एक्चुरीको खडेरी, बीमा प्राधिकरणले नियुक्त गर्यो १५ लाख रुपैयाँ तिरेर भारतीय एक्चुअरी

२५ बैशाख २०८१, मंगलवार ११:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त रहेको बीमाङ्की पदको लागि भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ रायलाई नियुक्त गरेको छ। नेपालमै एक्चुरी भ्यालुएटर नपाएपछि भारतबाट नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ राय एक्चुअरी सम्बन्धी राड्गो एण्ड कम्पनीको संस्थापक हुन् भने भारतीय अर्थशास्त्री समेत हुन् ।

यसअघि बीमा प्राधिकरणले करार अवधिको लागि प्रेक्षा माथेमालाई बीमांकीमा नियुक्त गरेको थियो । उनको करार अवधि सकिएपछि प्राधिकरणले नयाँ एक्चुअरी नियुक्तिको लागि आह्वान गरेको थियो । प्राधिकरणका लागि उनी नै नेपालको पहिलो नियामकमा काम गर्ने एक्चुरी थिईन् ।

बीमा प्राधिकरणले आह्वान गरे अनुसार दुई एक्चुरीले दिएका थिए । जसमध्ये भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ रायलाई नियुक्त गरेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

उनलाई भारतबाट बार्षिक १५ लाख रुपैयाँ तलब दिने सहमतीमा नियुक्त गरेको उनले जानकारी दिए । जसको लागि उनले आज बीमा प्राधिकरणसँग सम्झौता समेत गरेका छन् ।

नेपालमै एक्चुरी उत्पादन नहुँदा भारतमा बार्षिक १५ लाख रुपैयाँ जाने बिषय गभ्भीर बिषय हो । बीमा प्राधिकरण मात्रै नभई नेपालका सबै जीवन बीमा कम्पनीहरु विदेशी एक्चुरीको भरमा चल्नु परेको छ।

यसअघि पनि एक्चुअरीको लागि आह्वान गर्दा भारतीय कम्पनीहरुले नै आवेदन दिएका थिए । नेपालकी एक मात्रै एक्चुरी प्रेक्षा माथेमालाई नै एक्चुरीमा नियुक्त गर्ने निर्णय तत्कालिन बीमा समितिले लिएको थियो । उनको कार्यकाल सकिएसँगै प्राधिकरणले भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ रायलाई नियुक्त गरेको हो ।

उनको नेपालमा पहिलो काम भने हैन । यसअघि पनि नेपाली बीमा कम्पनीहरुमार्फत नेशनल र रिलायन्समार्फत काम गरिसकेका छन् । नियामकिय काम भने उनको पहिलो पटक हो ।

उनी एक प्रतिष्ठित व्यक्ति हुन् । इन्स्टिच्युट अफ एक्चुअरी अफ इण्डियाबाट एफआइएआइ उपाधी समेत हासिल गरेका उनले भारतीय स्वास्थ्य बीमाको क्षेत्रमा पनि काम गरेको उनको अनुभव रहेको छ।

उनी भारतको मिनिष्टर अफ कर्पोरेट अफेयर्स अन्तर्गतको लगानीकर्ता शिक्षा तथा संरक्षण कोष प्राधिकरणका निर्देशक पनि हुन् ।

बीमा क्षेत्रमा ग्राहकलाई लक्षित गरी वार्षिक रुपमा नयाँ कार्यक्रम र उत्पादन बजारमा ल्याउन अनिवार्य रुपमा एक्चुरीको आवश्यकता पर्ने बीमा कम्पनीहरु बताउँछन् । एक्चुरी उत्पादन नेपालमा नहुँदा भारतमा निर्भर भएर काम गर्नु परिरहेको उनीहरुको भनाई छ ।

बीमा कम्पनीले वार्षिक रुपमा आफ्नो बीमा क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर ल्याएका मुख्य योजनाहरु बजारमा ल्याउनुअघि एक्चुरी गर्नुपर्छ । एक्चुरी गरेपछि मात्र बजारमा उत्पादन बेच्न पाउने बीमा क्षेत्रमा व्यवस्था छ । बीमा कम्पनीले वार्षिक रुपमा बनाएका योजना एक्चुरी भने भारतका एक्कचुरियलले दशकदेखि गर्दै आएका छन् ।

हाल भारतका विभिन्न अडिट कम्पनीमा काम गर्ने एक्चुरीयलले नेपालभित्र सञ्चालनमा रहेका १४ कम्पनीको एक्चुरी गर्दै आएका छन् ।

कर्मचारी सञ्चय कोषको पनि एक्कचुरीको काम भारतकै अडिट कम्पनीका एक्चुरीयल गर्दै आएका छन् । एक्चुरीको कामका लागि नेपालबाट बीमा कम्पनीले बनाएर पठाएको पोलिसीलाई अध्ययन गरेर नयाँ उत्पादन गरि नेपाल पठाउने काम गरिन्छ ।

नेपालमा बीमा कम्पनीका एक्चुुरियल (एक्चुरियल साइसन्स) मुल्यांकन गर्ने संस्था र व्यक्ति नुहँदा दशकदेखि भारतीय एक्चुरीका भरमा काम हुँदै आएको कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् ।

केही समययता गणित स्कूलले नेपालमै एकचुरीको कोर्ष गराउदै आईरहेको छ। जसमार्फत पुनर्बीमादेखि बीमा कम्पनीहरुसम्म सामान्य पोलिसी हेर्ने कामको जिम्मेवारी वहन गर्दै आईरहेका छन् ।

नेपालका अध्ययन गरेर सबै परिक्षा पास आउट भएका विद्यार्थी भने निकै कम नै रहेको छ। स्कूलले दक्ष विद्यार्थीहरु निकाल्ने आशमा बीमा कम्पनीहरु छन् ।

उनले भने ‘एक्चुरीका नाममा वार्षिक २ करोड रुपैयाँ भारत जान्छ ।’ उनले भने ‘नेपालमा विषयगत दक्ष जनशक्ति नहुँदा भारतीय एक्चुरीको भरमा काम भइरहेको छ ।’ समयमा भारतीय एक्चुरीले काम नगर्दा कतिपय अत्यावश्वक योजना ओझलमा पर्ने गरेको उनको भनाई छ ।

नेपालमा एक्चुरी गर्ने जनशक्ति नभएका कारण भारतका विभिन्न कम्पनीमा काम गर्ने एक्चुरीयलबाट काम गराउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
नेपालमा एक्कचुरी गर्ने कर्मचारीको अभाव हुँदा कतिपय बीमा कम्पनीले बनाएका राम्रा पोलेसीसमेत चोरी भएर अन्य कम्पनीमा पुग्ने गरेको बीमा कम्पनी सञ्चालकको अनुभव छ।

नेपालमा बीमा सम्बन्धी धेरै राम्रा योजना निर्माण गरि बजारमा बेच्ने क्षमता भएका व्यक्ति रहेको उनीहरुको भनाइ छ । तर, बीमा समितिले भारतकै एक्चुअरीबाट निर्माण भएका सामाग्री उत्पादित गर्ने योजना बनाएका कारण त्यस्ता व्यक्ति ओझेलमा पर्ने गरेको उनीहरुको गुनासो छ।
हाल सञ्चालनमा रहेका बीमा कम्पनीले वार्षिक एक्चुरी गराउन प्रतिकम्पनी १५ देखि २० लाख खर्च गर्दै आएका छन् । यो खर्चभन्दा बाहेकको लागत हो । यसकै आधारमा हेर्न हो भनेर एक्चुरीका नाममा वार्षिक ८ करोड पैसा भारत पुग्ने गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*