डिप्रोक्स लघुवित्तमा २२ जना कर्मचारी माग, के कति चाहिन्छ योग्यता?

२५ बैशाख २०८१, मंगलवार ११:२३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले तोकिएको योग्यता पुगेका इच्छुक २२ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले सहायक अधिकृत पदमा ६ जना कर्मचारी माग गरेको छ । यसका लागि न्यूनतम स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

त्यस्तै, कम्पनीले कार्यक्रम सहायम पदमा १६ जना कर्मचारी माग गरेको छ । यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

तोकिएको अन्य योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीले तोकेको ढाचाँमा रितपूर्वक आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*