प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता

२५ बैशाख २०८१, मंगलवार १२:१३

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता भएको छ । एक समारोहकाबीच प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र स्वस्तिक हेल्थ केयरका अध्यक्ष डा. अमृश थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् अब प्रभु बैंकका ग्राहकहरूले ललितपुर सातदोबाटोको ताल्छिखेलस्थित स्वस्तिक हेल्थ केयरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवा तथा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन् ।

यसका लागि ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक कार्ड पेश गर्नुपर्नेछ । नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वस्तिक केयरले छिट्टैनै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरू उपलब्ध गराउने जनाएको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशत सम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी, प्रभु बैंक नेपालका कमर्सियल बैंकहरू मध्येको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको बैंक हो । यस बैंकले नेपालभर छरिएर रहेका आफ्ना ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*