२४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्ट: खराब कर्जा घट्दा मुनाफामा छलाङ, पुँजीबजारका लगानीकर्ता हौसिँदै

२५ बैशाख २०८१, मंगलवार १४:०५

काठमाडौँ । खराब कर्जामा आएको सुधारले अधिकांश लघुवित्त कम्पनीको मुनाफामा उछाल आएको छ । पछिल्ला केहि त्रैमासको वित्तीय रिपोर्टमा नाजुक माइक्रोफाइनान्स यस त्रैमासमा भने अब्बल देखिएका छन् । हाल संचालनमा रहेका ५१ लघुवित्त मध्ये २४ कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण सार्वजनिक गरेका हुन् ।

२४ वटै माइक्रोफाइनान्सहरु नाफामा रहेका छन् । १७ माइक्रोफाइनान्सले आफ्ना नाफा बढाउन सफल भएका हुन् । अघिल्ला त्रैमाससम्ममा मुनाफा ऋणात्मक रहेका लघुवित्त समेत नाफा आकर्षक रुपमा बढाइरहेका हुन् । हालसम्म नाफा ऋणात्मक रहेको कुनै लघुवित्तको रिपोर्ट आएकोे छैन ।

कम्पनीहरुको नाफा वृद्धि खराब कर्जा संकलन प्रमुख कारण रहेको एक लघुवित्तका सीइओले बताए । उनले भने, पछिल्लो समय खराब कर्जा संकलन भइरहेको छ । लघुवित्तहरुपनि गाउँघरका दुरदराजमा गएका जनचेतना फैलाइरहेका छन् । लघुवित्त विरुद्धका आन्दोलन समेत अहिले छैन । नियामकले समेत माइक्रोफाइनान्सलाई साथ दिइरहेका छन् । सोहि कारण समेत कम्पनीको नाफामा सुधार देखिएको छ ।’

नाफा बढेपनि अझै अपेक्षा अनुसार भने नभएको उनको तर्क थियो । ‘अन्य सेक्टर भन्दा लघुवित्त सेक्टर बलिया नै देखिएका छन् । अधिकांश सूचक सुधार तिर लम्किएका छन् । पछिल्लो त्रैमासका रिपोर्ट भन्दा यो त्रैमासको रिपोर्ट सन्तोषजनक रहेको छ । तर अझै नाफा बढाउन सक्ने माइक्रोफाइनान्स नै हुन् ‘ उनले भने ।

शेयर बजारमा समेत लघुवित्तको शेयरमा लगानीकर्ता झुम्मिन थालेका छन् । पुँजीबजारमा अब्बल लघुवित्तका वित्तीय रिपोर्ट सबल हुन थालेपछि लगानीकर्ताको आकर्षण थपिन थालेको हो । माइक्रोफाइनान्सको भविष्य उज्जल रहेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘अन्य सेक्टर भन्दा कम्पनीको सूचक अब्बल छन् । लाभांश समेत दिन सक्ने अवस्थामा छन् । यो क्षेत्र शेयर बजारका लगानीकर्ताका लागि उत्तम छ । यसमा लगानीकर्ता भविष्यमा सुनौलो रहेको छ ।’

‘माइक्रोफानान्सको लाभांशमा राष्ट्र बैंकले लगाएको क्यापले केहि लगानीकर्ता लगानी गर्ने पछि हटेको अवस्था छ । तर, अन्य सेक्टर भन्दा यो क्षेत्र नाफा आर्जनका लागि उत्तम क्षेत्रको रुपमा लिन सकिन्छ रौनियारले भने ।

यसअवधिमा सबैभन्दा बढी नाफा फस्र्ट माइक्रोफाइनान्सको रहेको छ । कम्पनीको नाफा १३ करोड २ लाख ६० हजार रुपैयाँ रहेको छ । हालसम्म वित्तीय रिपोर्ट सार्वजनिक गरेका लघुवित्त मध्य कम्पनीको नाफा बढी हो । तर, गत आर्गिक वर्षको भन्दा उक्त नाफा ३३.०५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, यो त्रैमासमा सबैभन्दा नाफा बढाउन सफल मेरो माइक्रोफाइनानस रहेको छ । कम्पनीको नाफा ८४६.३० प्रतिशतले बढेर १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १२ करोड २ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्ममा स्वाबलम्बन लघुवित्तको नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको १६७.१६ प्रतिशतले बढेर ११ करोड ६५ लाख रुपैयाँ, आरएसडिसि लघुवित्तको ३०.३४ प्रतिशतले बढेर ११ करोड २१ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ५०.१० प्रतिशतले बढेर १० करोड ७२ लाख रुपैयाँ, साधना लघुवित्तको ३६५.८५ प्रतिशतले बढेर ६ करोड १२ लाख रुपैयाँ, इन्फिनीटि लघुवित्तको २८०.५७ प्रतिशतले बढेर ५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा कस्को कति घट्यो ?

चालु आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय रिपोर्ट सार्वजनिक गरेका २४ लघुवित्त मध्ये १७ माइक्रोफाइनान्सले खराब कर्जा घटाउन सफल भएका छन् । यस अवधिमा सबैभन्दा कम खराब कर्जा सपोर्ट लघुवित्तको रहेको छ । कम्पनीको खराब कर्जा १.४७ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.७८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खराब कर्जा ३.२५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी खराब कर्जा घटाउन सफल इन्फिनीटि लघुवित्त रहेको छ । कम्पनीको खराब कर्जा ९.०७ प्रतिशतले घटेर ४.९७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष भने कम्पनीको खराब कर्जा १४.०४ प्रतिशत रहेको छ ।

त्यस्तै, उपकार लघुवित्तको ४.२१ प्रतिशतले घटेर १.५३ प्रतिशत, गुराँस लघुवित्तको ४.२० प्रतिशतले घटेर २.६९ प्रतिशत, आरएसडिसि लघुवित्तको १.६२ प्रतिशतले बढेर २.९९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*