नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा आयोजित हाजिरी जवाफ कार्यक्रम सम्पन्न

२६ बैशाख २०८१, बुधबार ११:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनीबाट २ जनाका दरले हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने गरी बैशाख २५ गते हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

जीवन बीमाबाट ११ वटा कम्पनीको सहभागी रहेको थियो भने निर्जीवन बीमाबाट १२ वटा कम्पनी सहभागी रहेको थियो । उक्त कार्यक्रम कृषि विकास बैंकको तालिम केन्द्र मंगलापुर रुपन्देहीमा सम्पन्न भएको थियो ।

जीवन बीमा कम्पनी समूहबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड प्रथम भएको छ । साथै, आइएमई लाइफ इन्स्योरेन्स दोश्रो र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

निर्जीवन बीमा कम्पनी समूहबाट सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै, उक्त कार्यक्रममा नेको इन्स्योरेन्सले दोस्रो स्थान र सानिमा जिआईसीले तेस्रो स्थान हासिल गरेको छ ।

जीवन बीमा तर्फ सुरक्षा रेग्मीले कार्यक्रम संचालन गरेका थिए भने निर्जीवन बीमातर्फ सुरेन्दुर चौलागाईले कार्यक्रमको संचालन गरेका थिए । त्यसै गरी नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले प्रमाणपत्र वितरण गर्नुका साथै सहभागीहरुलाई धन्यवाद र पुरस्कार जित्ने समूहलाई बधाई ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*