झिनो अकंले घट्यो शेयर बजार, साढे २ अर्बको कारोबार, फाइनान्स र माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

२६ बैशाख २०८१, बुधबार १५:१०

काठमाडौँ । मंगलबार झिनो अकंले बढेको बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारले गति लिन सकेको छैन ।

शेयर बजारका बाधक रुपमा रहेका केही नीतिगत अवरोध फुकुवा नभएसम्म बजारले गति लिन नसक्ने एक लगानीकर्ताले बताए । उनले भने, ‘अब बजेट नि आउँदै छ । मौद्रिक नीति समेत आउने छ । बजारका बाधक नीति फुकुवा हुनु पर्छ । नत्र भने बजारले गति लिन सक्ने छैन ।’

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ०.२१ अकंले घटेर १९६०.६० बिन्दुमा बन्द भएको छ । बुधबार ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब५४ करोड ७० लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार चार उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको ३.११ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.७६ प्रतिशत, ब्यापार समूहको ०.१५ प्रतिशत र हाइड्रोपावर समूहको ०.०२ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य ९ उपसूचक भने राताम्य भएका हुन् ।

आज फरवार्ड लघुवित्तको १० करोड ६० लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ७ करोड १५ लाख रुपैयाँ, हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, इन्फिनीटि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथे, दोल्ती पावरको ९.७४ प्रतिशत, समता घरेलु लघुवित्तको ९.६७ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ८.२१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*