हृदयघातका कारण ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी

२६ बैशाख २०८१, बुधबार १५:०३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले हृदयघातका कारण ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीको दमौली शाखा कार्यालयले बीमित स्वर्गिय मम बहादुर वंशी ठकुरीको हृदयघातका कारण ज्यान गुमेपश्चात उनकी श्रीमती पार्वती वंशी ठकुरीलाई ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा कम्पनीको दमौली शाखा कार्यालयका शाखा प्रबन्धक मनहरी लोहनी, व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप राना र बीमा अभिकर्ता एकप्रसाद श्रेष्ठ, रिमा आलेको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*