सन नेपाल लाइफको बोनश शेयरमूल्य समायोजन

२६ बैशाख २०८१, बुधबार १६:२७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ दशमलव ८ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।

नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४ सय ७० रुपैयाँ ९२ पैसा कायम गरिएको छ । यसअघि बजार बन्द हुने बेला बैंकको शेयर प्रतिकित्ता ५ सय ८३ रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २३ दशमलव ८० प्रतिशत बोनश शेयर र १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*