लघुवित्त र फाइनान्सका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)

२६ बैशाख २०८१, बुधबार १७:१८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार समग्र रुपमा शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर १९६० दशमलव ६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज कारोबार भएका अधिकांश उपसूचकहरु घट्दा पनि माइक्रोफाइनान्स र फाइनान्स उपसूचक चाँही बढेको छ ।

शेयर बजार घटेसँगै अधिकांश उपसूचकहरु राताम्मे बनेतापनि माइक्रोफाइनान्स र फाइनान्सका लगानीकर्ताहरु चाँही मालामाल बनेका छन् । पछिल्लो समय माइक्रोफाइन्स र फाइनान्सको शेयरप्रति लगानीकर्ताहरुको रुचि बढ्दो क्रममा रहेको छ । नेपाली शेयर बजारलाई नै कमाई खाने भाडोको रुपमा प्रयोग गर्न सफल रहेका लगानीकर्ताहरु नै यस क्षेत्रका शेयर खरिद–बिक्रीमा सक्रिय रहेका छन् ।

माइक्रोफाइनान्स
बुधबार नेप्सेमा कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे बनेतापनि माइक्रोफाइनान्स उपसूचकमा हरियाली छाएको छ । आज यो उपसूचक २ दशमलव ७६ प्रतिशत अर्थात ११६ अंकले वृद्धि भई ४३,३१७ को विन्दुमा कायम भएको छ । बुधबार यस उपसूचकमा कारोबार भएका ५१ वटा कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । यी कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।

नेपाली शेयर बजारका लगानीकर्ताको रोजाईमा माइक्रोफाइनान्स कम्पनीको शेयर पर्न सफल भएको छ । आजभोलि अधिकांश लगानीकर्ताहरुले लघुवित्तको शेयरलाई चासोको रुपले हेर्दै खरिद–बिक्री गर्ने गरेको पाइन्छ ।

बुधबार कारोबार भएका कम्पनीहरुमध्ये इन्फिनिटी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, समता घरेलु, ग्रामिण विकास लघुवित्त, सिर्जनशील लघुवित्त, महुली लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

फाइनान्स

बुधबार फाइनान्सका लगानीकर्ताहरु मालामाल बनेका छन् । आज फाइनान्स उपसूचक ३ दशमलव ११ प्रतिशत अर्थात ६४ दशमलव ८६ अंकले बढेर २१४५ को विन्दुमा कायम भएको छ ।

त्यस्तै, आज कारोबार भएका सम्पूर्ण फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य ६ दशमलव ६० प्रतिशतले सर्वाधिक बढेको छ । साथै, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४ प्रतिशतका साथै अन्य फाइनान्स कम्पनीका लगानीकर्ताहरुको शेयरमूल्य वृद्धि भएको छ ।

शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीका शेयरमूल्य घटाउने–बढाउने लगायतका अधिकांश कुराहरु लगानीकता कै हातमा रहेको हुन्छ । पछिल्लो समय ठुलादेखि साना लगानीकर्ताहरुको नजरमा फाइनान्सको शेयर परेको छ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*