नेशनल लाइफ नारायणगढ शाखाद्धारा साढे २६ लाख रुपैयाँको दावी भुक्तानी

२६ बैशाख २०८१, बुधबार १७:०७

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले मृत्यु दावी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो ।

बीमित घिमिरेको क्यान्सर रोग उपचारको क्रममा गत फाल्गुण २९ गते निधन भएको थियो । स्वर्गिय घिमिरेले २०७५ मंसिर २४ गते १५ वर्षीय सावधिक जीवन बीमा गराएका थिए । छ किस्ता मात्र बुझाएका घिमिरे परिवारले मृत्यु दावी वापत २६ लाख ७२ हजार रकम एकमुष्ट पाएका हुन ।

कम्पनीको नारायणगढ शाखाका शाखा प्रमुख राजु साह कानुले घिमिरेकी पत्नी गीता देवी पौडेललाई चेक प्रदान गर्दै भने ‘बीमा बचतको साथै सुरक्षा पनि हो ।’ बीमाको महत्वबारे जानकारी गराउँदै साहले सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बीमा अनिर्वाय भएको बताए ।

श्रीमानले समयमै आर्थिक सुरक्षाको तैयारी गरेको हुदाँ थोरै भएपनि राहत भएको स्वर्गिय घिमिरेकी पत्नी गीता देवीले बताइन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*