तेस्रो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त वित्तिय अवस्था कस्तो देखियो ?

२७ बैशाख २०८१, बिहीबार ०७:४९

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६४ करोड ५ लाख रुपैयाँ रहेको छ भने खुद फ्रि तथा कमिशन आम्दानी ९ करोड ५१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ८० करोड ३९ लाख रुपैयाँ र सञ्चालन मुनाफा २५ करोड ६२ लाख रुपैयाँ रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा रहेको छ।

१ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १७ अर्ब १६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*