वरुण हाइड्रोपावर कम्पनी नोक्सानीमा

२७ बैशाख २०८१, बिहीबार ०७:५९

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नोक्सानीमा रहेको छ।चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनी ४ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

२०८० असार २ गतेको बाढीले हेवा खोला साना जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नभएका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

५२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ४१ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*