प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा झल्कियो प्रगती, जीवन बीमा कोषमा करिव १० अर्ब संचिती, नाफासहित सबै सूचांकमा वृद्धि

२७ बैशाख २०८१, बिहीबार ०८:०७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ ।

चालु आवको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब २३ करोड ७७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा जम्मा ७ अर्ब ३२ करोड १९ लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोषको आकार उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको रिटर्न अर्निङमा ७५ करोड ५५ लाख रुपैयाँ महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ संचिती रहेको छ । समग्रमा कम्पनीको कोषको आकार उल्लेख्य रुपले वृद्धि भएको छ । कूल चार अर्ब २९ करोड चुक्ता पुँजि भएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा २६ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा १९३ प्रतिशतले वृद्धि भएको छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम्पनीको मुनाफा हेरफेर हुनसक्नेछ ।

कम्पनीले समीक्षा अवधीमा कूल बीमा शुल्क आम्दानी तीन अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको । जुन गत आर्थिक वर्षको तुलनामा ९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले खुद बीमा शुल्क आम्दानी दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आवमा एक अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवमा उल्लेख्य रुपले वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ३५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*