रु रु जलविद्युतको मुनाफामा सामान्य सुधार

२७ बैशाख २०८१, बिहीबार ०८:०५

काठमाडौं । रु रु जलविद्युतले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २।६६ प्रतिशत बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण नाफामा सामान्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १।१५ प्रतिशत घटेको छ भने कुल नाफा ०।३१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ६८।३२ प्रतिशत र वित्तीय खर्च २८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा बढेर १८ रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपेयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१।५९ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*