रेमिट्यान्स बचतको ब्याजमा कर घटाउनुपर्छः बैंकर्स संघ

२७ बैशाख २०८१, बिहीबार ०९:०१

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले रेमिट्यान्सको बचतमा लिँदै आएको करमा छुट दिनुपर्ने अर्थमन्त्री समक्ष माग गरेका छन् । आज काठमाडौंमा आयोजित प्रिबजेट छलफलमा सहभागी हुँदै बैंकर्स संघका अध्यक्ष केसीले भने, ‘रेमिट्यान्सबाट प्राप्त बचतमा बैंकहरुले दिने ब्याजदरमा सरकारले कर लिँदै आएको कर छुट दिनुपर्दछ ।’

बैंकर्स संघका अध्यक्ष केसीले नेपाली बैंकहरुको मुनाफा निकै घट्दै गएको बताउँदै सरकारले लिने करको दरमा चुरोट र बैंकहरुको करको दरमा एउटै रहेको गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*