दीगो विकास लक्ष्य प्राप्त गर्न बाफिया संशोधन जरुरी छः सिबिफिन

२७ बैशाख २०८१, बिहीबार ०९:१९

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले दीगो विकास लक्ष्य प्राप्त गर्न वर्तमान बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित प्रि बजेटरी छलफलमा सहभागी हुँदै सिबिफिनका अध्यक्ष पौडेलले भने, ‘बाफिया संशोधन गर्नुपर्दछ, आज हामी दीगो विकास लक्ष्य प्राप्त गर्न संघर्ष गर्दैछौं, यसको लागि विश्वभरका धेरै वटा एजेन्सीहरुमा सुविधाहरु छन् । त्यसको लागि नेपालको ऐन कानुन संशोधन आवश्यक छ ।’

अर्थमन्त्री बर्षमान पुन, अर्थ सचिव मधु मरासिनी उपस्थित भएको कार्यक्रममा अध्यक्ष पौडेलले सरकारले बण्ड जारी गरेरै भएपनि निर्माण क्षेत्रको भुक्तानी दिनुपर्ने बताए । पौडेलले पूर्वाधा क्षेत्रमा सरकारले दिनुपर्ने भुक्तानी हुँदा देशको अर्थतन्त्र चलायमान बनाउन समेत भूमिका खेल्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*