२५१ प्रतिशतले बढ्यो किसान लघुवित्तको मुनाफा, अधिकांश सूचकको उकालो यात्रा

२७ बैशाख २०८१, बिहीबार १०:१९

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजजिनक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा २ करोड २७ लाख ३४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५१.५९ प्रतिशतले धेरै हो । गत वर्षको अवधिमा कम्पनीले६४ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २६४.३८ प्रतिशतले बढेर ३ करोड ३६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९२ लाख ३७ हजार रुपैयाँ मात्र रहेको थियो ।

यता, कम्पनीको खुद ब्याज आम्दानी १३.४४ प्रतिशतले घटेर १६ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । साथै, कम्पनीको चुक्ता पुँजी ५० करोड ४३ लाख रुपैयाँ, जगेडा कोषमा १३ करोड ४ लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ करोड २३ लाख रुपैयाँ, खराब कर्जा ६.४७ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ३० पैसाले बढेर ६ रुपैयाँ ०१ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १ रुपैयाँ ७१ पैसा (वार्षिक) रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*