माता तिर्थ औंसीको अवसरमा मातालाई बीमा लेख उपहार

२७ बैशाख २०८१, बिहीबार १०:३९

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिर्तामोड शाखा कार्यालयमा कार्यरत एजेन्सी मेनेजर अंशु वन गिरीले माता तीर्थ औंसीको अवसरमा आफ्नी माता लाई जीवन बीमा लेख उपहार प्रदान गरेका छन् ।

शाखा कार्यालयमा एक कार्यक्रमका बीच एजेन्सी मेनेजर अंशु बन गिरीले आफ्नी आमा यानू कुमारी बनलाई पाँच लाख बराबरको वार्षिक ५२ हजार २४५ रुपयाँ तिर्नै गरि सावधिक जीवन बीमा योजना उपहार हस्तान्तर गरेका हुन् ।

उक्त कार्यक्रममा हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कोशी प्रदेश उप प्रमुख नवीन मिश्रले अरु उपहार दिँदा खर्च हुने मासिने तर जीवन बीमा योजना पछि सम्म रहने हुँदा प्रभावकारी हुने बताए । उनले उक्त कार्यक्रमको सहजिकरणको भूमिका निर्वाह गर्नु सक्रिय एजेन्सी मेनेजर सपना सगौँला गरेका थिए ।

कार्यक्रममा बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारीले आजको यस शुभ दिनमा बीमा लेख उपहार दीदा जसरी आमाले आफ्ना सन्तानको सुरक्षा गरेको हुन्छ त्यसरी नै बीमाले आमाको सुरक्षा गरेको बताए ।

कार्यक्रममा बिर्तामोड शाखा कार्यालयका सीनियर मार्केटिंग कर्मचारी अखिल बोहोरा, भीम खनाल सीनियर एजेन्सी मेनेजर खिबराज दाहाल, एजेन्सी मेनेजर विमल माझी तथा अभिकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै यानू कुमारी बन बीमाले आफुलाई बुढेसकालमा सहारा हुने भन्दै सम्पूर्णलाई धन्यवाद दिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*