५.६३ अकंले बढ्यो शेयर बजार, कारोबार ३ अर्ब पुग्दा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण

२७ बैशाख २०८१, बिहीबार १५:११

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो झिनो अकंले घटेको बजार आज भने सुधार देखिएको हो ।

नियामकबाट लगानीकर्ताले नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेका छन् । नियामकको आश्वासनबाट दिक्क भएका लगानीकर्ताले अब काम खोजि रहेका छन् । बजारलाई बाधा गर्ने नीति सुधार नभएसम्म बजारले लय लिन नसक्ने लगानीकर्ताहरुका तर्क रहदै आइहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६३ अकंले बढेर १९६६.२३ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको ०.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले बढेको हो ।

आजको दिन नेपाल फाइनान्स समूहको १६ करोड ९७ लाख रुपैयाँ, सोल्टी होटलको १४ करोड ४७ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, ओरियन्ट होटलको ८.४६ प्रतिशत, सिटि होटलको ७.९९ प्रतिशत, सोल्टी होटलको ७.४१ प्रतिशत र तेह्रथुम रिजेन्सि होटलको ६.५६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*