होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ता मालामाल, सोल्टीको सर्वाधिक कारोबार

२७ बैशाख २०८१, बिहीबार १५:१७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव ६३ अंक अर्थात ० दशमलव २३ प्रतिशतले बढेर १९६६ दशमलव २३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये नेपाल फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको १४ करोड ४७ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँ, पोखरा फाइनान्सको नौ करोड ५९ लाख रुपैयाँ लगायत अन्य कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

बिहीबार होटल क्षेत्रका लगानीकर्ताहरु मालामाल बनेका छन् । आज ओरियन्टल होटल्सको शेयरमूल्य ८ दशमलव ४६ रुपैयाँले वृद्धि भई ७६९ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटलको ९ दशमलव ९९ प्रतिशत, सोल्टी होटलको ७ दशमलव ४१ प्रतिशत,तारागाउँ रिजेन्सीको ६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*