स्वरोजगार लघुवित्तको वित्तीय विवरणमा देखियो सुधार, खुद नाफासहित अधिकांश सूचकमा वृद्धि

२७ बैशाख २०८१, बिहीबार १५:३८

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार अधिकांश वित्तीय सूचांकहरुमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ४०.३० प्रतिशतले धेरै हो । स्वरोजगारले गत वर्षको चैत मसान्तसम्म भने ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीसँगै सञ्चालन नाफा बढेपछि खुद नाफामा पनि सुधार भएको हो । साथै, वर्षको तुलनामा खराब कर्जा अनुपात केही कम गर्न सफल भएका कारण पनि नाफा बढेको देखिन्छ । खुद ब्बयाज आम्दानी ०.४५ प्रतिशत सुधार हुँदै २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । फि तथा कमिसन आम्दानी ३३६.८४ प्रतिशत बढेर ५० लाख २८ हजार रुपैयाँ पुगेको छ ।

यता, खराब कर्जा ०.९१ प्रतिशत विन्दुले घटेर ५.७२ प्रतिशतमा आएको छ । स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) १४.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १४०.७९ रुपैयाँ पैसा छ । यसको वितरणयोग्य नाफा ५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*