सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले साढे १३ करोडको आइपीओ निष्कासन गर्ने

२७ बैशाख २०८१, बिहीबार १५:४३

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि विद्युत नियमन आयोगले अनुमति दिएको हो ।

कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को आइपीओ निष्काशन गर्ने भएको हो । आइपीओ निष्कासनको लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । शेयरको प्रत्याभूतिको कार्य नेपाल एसबिआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एसविआई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*