छिमेक लघुवित्तले ९ महिनामा कमायो ६४ करोड ३७ लाख, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

२८ बैशाख २०८१, शुक्रबार ०७:०४

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा केहि घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब ५ करोड ६६ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ११ करोड ७० लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ९० करोड ४१ लाख २३ हजार रुपैयाँ उक्त नाफा आर्जन गरेको हो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ५९ करोड रुपैयाँ, खराब कर्जा १.१९ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत र वितरणयोग्य नाफा १ अर्ब ४५ करोड १२ लाख रुपैयाँ रहेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*