राष्ट्रिय जीवन बीमाको मुनाफा ९३ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

२८ बैशाख २०८१, शुक्रबार ०७:२९

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको नाफा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको चैत समान्तसम्ममा कम्पनीको नाफा २ करोड ४५ लाख १४ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९३.७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ करोड २६ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद बीमा शुल्क ६.५६ प्रतिशतले बढेर ७ अर्ब ६९ करोड ३६ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त खुद बीमा शुल्क ७ अर्ब २१ करोड ९४ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको बीमा कोष ५२ अर्ब ७७ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४६ अर्ब १३ करोड ७५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ, कमिशन १३ करोड ७५ लाख रुपैयाँबाट बढेर १३ करोड ८९ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको प्रतिशेयर आम्दानी ९.३२ रुपैयाँबाट बढेर १८.०६ रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*