साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड, वितरणयोग्य नाफामा उछाल, कस्ता छन् अन्य सूचक ?

२८ बैशाख २०८१, शुक्रबार ०७:४५

काठमाडौँ । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.०२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ५८ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २८.३८ प्रतिशतले बढेर १ अर्ब ५७ करोड २ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब २२ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ८३ करोड ७८ लाख ४ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ५५ लाख रुपैयाँ संचालन नाफा गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ, जगेडा कोष ३ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबाट बढेर ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ, वितरणयोग्य नाफा १०२.४९ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ र खराब कर्जा २ प्रतिशतबाट बढेर २.४१ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १८.७३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३९.७१ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*