प्रभु इन्स्योरेन्सको मुनाफा २३७ प्रतिशतले बढ्यो, अन्य सूचाङ्क कस्तो ?

२८ बैशाख २०८१, शुक्रबार ०८:१८

काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३७.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ६१ लाख १ हजा रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको खुद बीमा शुल्क २१.५३ प्रतिशतले बढेर ४६ करोड ४३ लाख ७० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ३८ करोड २० लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको  बीमा कोष १ अर्ब ८७ करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १७.०६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ५९ करोड ९६ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको महाविपत्ती कोष १ अर्ब ५ करोड ४ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ११ करोड ९६ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ९८ करोड ७१ लाख ८५ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा कुल बीमा शुल्क आर्जन १३.४१ प्रतिशतले धेरै हो ।

यसअवधिमा कम्पनीले कमिशन मार्फत २ करोड ७६ लाख ८ हजार रुपैयाँ खर्र्चिएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा र प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ६७ पैसा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ, जगेडा कोष १० करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*