नेसनल लघुवित्तको मुनाफा १९ करोड, घट्यो खराब कर्जा

२८ बैशाख २०८१, शुक्रबार ०८:५०

काठमाडौँ । नेसनल लघुवित्त वित्तीय संस्थाले १९ करोड ७ लाख ५ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले उक्त नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा ६.१६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २० करोड ३२ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी भने ३१.०७ प्रतिशतले बढेर ५९ करोड २३ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४५ करोड १९ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

गत वर्ष १ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६ करोड ६७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा ६.१६ प्रतिशतले घटेर २७ करोड २५ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब २४ करोड ७७ लाख रुपैयाँ, वितरणयोग्य नाफा २९ करोड १ लाख रुपैयाँ र खराब कर्जा १.०७ प्रतिशतले घटेर ४.३६ प्रतिशत पुगेको छ ।

यता, कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३८ पैसाले घटेर २१ रुपैयाँ ८२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*