सूर्यज्योति लाइफको २४.७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा

२८ बैशाख २०८१, शुक्रबार ०९:१२

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश जम्मा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीको वैशाख २१ गते सम्पन्न साधारण सभाले पारित गरेको लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले कनेक्ट आइपीएस मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा २४.७४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको हो ।

साथै, हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अद्यावधिक गर्ने कम्पनीले आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश खातामा पठाइने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*