सबैभन्दा धेरै शेयर मूल्य रहेको युनिलिभर नेपालको वित्तीय विवरण कस्तो ?

२८ बैशाख २०८१, शुक्रबार ०९:३३

काठमाडौँ । दोस्रो बजारमा अब्बल युनिलिभर नेपालको वित्तीय विवरण समेत सबल देखिएको छ । नेप्सेमा सबैभन्दा धेरै शेयर मूल्य रहेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३०.४६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको व्यापार गरेर १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ । जुन आम्दानी गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि १.५२ प्रतिशतले बढेर ११ अर्ब ९९ करोड कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ४५ करोड रुपैयाँ, चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ, रिटेर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने बढेको छ । गत वर्ष २१ सय ५२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार २०२ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ कायम छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*