नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे चार करोड, यस्तो छ समग्र वित्तीय अवस्था

२८ बैशाख २०८१, शुक्रबार १०:३५

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको नाफा ६८.४८ प्रतिशतले घटेर ४ करोड ६० लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १४ करोड ६२ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ४६ लाख २६ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २९.८० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २७ करोड ७२ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ६ करोड ५८ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २० करोड ८८ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ, जगेडा कोष २३ करोड २७ लाख रुपैयाँ, खराब कर्जा १२.५८ प्रतिशत र वितरणयोग्य नाफा २ करोड १२ लाख रुपैयाँ रहेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३९५.०१ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*