छोरीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

२८ बैशाख २०८१, शुक्रबार ११:०१

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसै क्रममा कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा न १ बस्ने बिक्रम बिष्टले आफ्नो छोरीको जन्मउत्सबको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका हुन ।

उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरिया शाखा कार्यालय बात ५ लाख रुपैयाँ बीमाङ्कको शुलभ बाल जिवन बीमा प्लस पोलिसि उपहार दिएका हुन् ।

। छोराको उज्ज्वल भविष्यका लागि भन्दै उनले ५ लाख बिमान्कको बीमा पोलिसि उपहार स्वरुप दिए । उक्त बीमालेख कम्पनी अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहराले उल्लेखनिय कार्यको लागि बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त प्रभु बैंक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको दाबी भुक्तानी ,नाफा, सेवा, प्राविधि मैत्री बन्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*