नेशनल लाइफ इन्स्योरेन्स धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी

२८ बैशाख २०८१, शुक्रबार ११:२६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्य दावी वापतको २ लाख रुपैयाँ बीमितको परिवारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीले बीमा दावी वापतको रकम बीमितका श्रीमान श्रीकर्ण बहादुर बोहरालाई हस्तान्तरण गरेका छन् । प्रदेश प्रमुख जोशीले बीमा वापतको रकमले परिवारलाई आर्थिक भार तथा जोखिमबाट बचाउन सहयोग पुग्ने बताएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स बीमित मैत्री बन्दै गएको छ । कम्पनीले विभिन्न समयमा छिटो र सरल दावी भुक्तानीको मापदण्ड अपनाएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*