होटल तथा पर्यटक क्षेत्रमा लगानीकर्ताहरुको बढ्दो आकर्षण

२८ बैशाख २०८१, शुक्रबार १३:३४

काठमाडौं । पछिल्लो समय होटल तथा पर्यटक क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव ६३ अंकले बढेर १९६६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरुकमा गिरावट आएतापनि होटल तथा पर्यटक उपसूचकमा भने सर्वाधिक वृद्धि भएको छ । पछिल्लो समय होटल तथा पर्यटक क्षेत्रमा लगानीकर्ताको चासो बढ्दै गएको छ ।

बिहीबार होटल तथा पर्यटक उपसूचक ६ दशमलव ९६ प्रतिशत अर्थात ३४२ दशमलव ८७ अंकले बढेर ५२५४ को विन्दुमा कायम भएको छ । सोही दिन यस क्षेत्रमा सञ्चालित नेप्सेमा सूचिकृत भएका सम्पूर्ण कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

सो दिन ओरियन्टल होटल लिमिटेडको शेयरमूल्य ८ दशमलव ४६ प्रतिशतले बढेर ७६९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सिटी होटलको ७ दशमलव ९९ प्रतिशत, सोल्टी होटलको ७ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सोही दिन तारा गाँउ रिजेन्सको शेयरमूल्य ६ दशमलव ५६ प्रतिशत, चन्द्रागिरी हिल्सको ५ दशमलव ५६ र कालिन्चोक दर्शन लिमिटेडको ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*