बीमा प्राधिकरणमाथि सरोकारवालाको गम्भीर आरोप, घुस मात्रै देख्ने नियामकीय दायित्व नदेख्ने कहिलेसम्म ?

२८ बैशाख २०८१, शुक्रबार १७:४३

काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणमाथि सरोकारवालाहरुले गभ्भीर आरोप लगाएका छन् । बीमा प्राधिकरणको अस्थिर नितिको कारण बीमा क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुले अर्बौ रुपैयाँ गुमाउनु परेको भन्दै आक्रेश पोखेका छन् ।लगानीकर्ताहरुले बीमा प्राधिकरणलाई घुस मात्रै देख्ने नियामकिय दायित्व नदेख्ने भन्दै आरोप लगाएका छन् ।

बीमा प्राधिकरणलाई लगानीकर्ताहरुले प्रिमियम आइपीओ कारण लगानीकर्ताहरु मारमा परेको बिषय देखि घुसको नाममा अध्ययन नै नगरी लाईसेन्स जारी गर्ने सम्मको आरोप लगाएका छन् ।बीमा प्राधिकरणको शेयर बजारप्रतिको अपरिपक्क निर्णयको कारण लगानीकर्ताहरुले भोग्नुपरेको ठूलो भारको बिषयमा ध्यानाकर्षण समेत गराइएको थियो ।

लगानीकर्ताहरुसँगको भेटवार्ताको क्रममा बीमा प्राधिकरण नियामकिय हिसाबले कमजोर रहेको स्वीकार समेत गरेका थिए ।केही समयअघि सिटिजन लाइफ र आइएमई लाइफको लाभांशको बिषयमा बीमा प्राधिकरणले गरेको निर्णयको क्षती आम लगानीकर्ताले भोग्नु परेको गुनासो प्राधिकरणमा गराएका थिए । जसको कारण साना देखि ठूला लगानीकर्ताहरुले व्योहेर्नु परेको क्षती प्राधिकरणले नबुझेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

बीमा प्राधिकरणको शेयर बजारको नितिप्रति असन्तृष्टि जनाउदै उनीहरुले चर्को विरोध समेत गरेका थिए । बीमा प्राधिकरणले लिने गरेको अपरिपक्क निर्णयको कारण आफूहरुले भोग्नु परेको बिषयमा सुनाएका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश समय रोक्का नगरेर कारोबार समयमा रद्द गर्दा अर्बौ रकम गुमाउनु परेको लगानीकर्ताहरुको तर्क छ ।

नियामकको अव्याहारिक निर्णयले लगानीकर्ता मारमा परेको लगानीकर्ताहरुले आफनो गुनासो प्राधिकरणका पदाधिकारीहरुसँग सुनाए । लगानीकर्ताले प्राधिकरणको कार्यालयमै गएका निर्देशक दिनेश कुमार लाललाई घेरोका थिए ।

लगानीकर्ताहरुको माग सम्बोधन गर्दै निर्देशक लालले बीमा प्राधिकरणमा समस्या रहेको स्वीकार समेत गरेका छन् ।
‘सिटिजनको आइतबार ३ बजे बसेको संचालक समितिको बैठकले लाभांशको निर्णय गरेको थियो । प्राधिकरणले १२ घण्टासम्म के हेरर बसेको थियो ।

सोमबार ११ बजेसम्म निर्णय लिन सक्नु पर्दैन । नियामकको यस्ता अव्यवाहारिक कामले लगानीकर्ता निराश बनेका छन्’ एक लगानीकर्ताले बताए ।

प्राधिकरणले हकप्रद शेयर दिने कुरामा समेत विभेद गरी रहेको लगानीकर्ताहरुले बताए । ‘प्राधिकरणले हकप्रद निष्कासनको अनुमित पनि हचुवाका भरमा दिन्छ ।

आफुलाई मन परेको कम्पनीलाई दिने मन नपरेकोलाई नदिने यस्तो कारण प्राधिकरणबाट हुँदै आएको छ’ लगानीकर्ताले भने, ‘प्राधिकरणको चाकरी गर्दा हैरान भएको समस्या बोकेर कम्पनीहरु पनि लगानीकर्ताको सामु आउने गरेका छन् । नियमक निकायभएपछि एउटै ब्यवहार हुनुपर्छ । नियम मानेन भने प्राधिकरणले कारबाही गर्नु सक्ने हिक्मत राख्नुपर्छ ।’

शेयर बजारमा सबै लगानीकर्ता शिक्षित नभएको भन्दै नियामकको गतल नीतिले लगानी जोखिममा परी रहेको लगानीकर्ताको भनाइ रहेको थियो । प्राधिकरणले एउटा कम्पनी बराबरको काम गर्ने नसक्ने लगानीकर्ताहरुको आरोप रहेको थियो । ‘कम्पनीले गरेको निर्णय आधिकारीक हुन्छ । सोहि कुरालाई हेरर लगानीकर्ता लगानी गर्ने गर्छन् ।

तर, प्राधिकरणले १२ घण्टासम्म मुकदर्शक भएर बस्छ । कारोबार भइसकेपछि निर्णय लिन्छ । यस्तो कदम नचाल्न दबाब दिन्छौं । भोलि कसैले नसुने आन्दोलन समेत गर्छौ’ एक लगानीकर्ताले बताए ।

निर्देशक लाल लगानीकर्ताको जायज माग रहेको भन्दै अबको बोर्ड बैठकमा गम्भिरका साथ छलफल हुने आश्वासन दिएका थिए । लगानीकर्तालाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालसँग आइतबार पुन छलफलका लागि बोलाएका छन् ।

त्यो भन्दा केहि दिन अघि मात्र पनि प्राधिकरणले आइएमई लाइफको लाभांश समेत कैचि चलाएको थियो । नियामकले चालि रहेका यस्ता कदमबारे बुझ्न प्राधिकरण गएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए ।

पाण्डेले भने, ‘सिटिजनको लाभांश रद्द गर्ने र आइएमईको लाभांश कैची चलाउने प्राधिकरणमा आवश्यक कुरा बुझ्न गएको हौ । आइतबार अध्यक्ष शिलवालको समय मागिको छ । प्राधिकरणमा भइरहेका बेथितिबारे प्रश्न गर्ने छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*