५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी (फोटोफिचर)

राजन कठायत
३१ बैशाख २०८१, सोमबार १०:३२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको थियो ।

आजको भव्य प्रभातफेरि कार्यक्रममा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, दुई वटा पुनर्बीमा कम्पनी र सात वटा लघु बीमा कम्पनी, नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, बीमा अभिकर्ता संघ, बीमा सर्भेयर संघको सहभागितामा प्रभातफेरि कार्यक्रममा सम्पन्न भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल, सञ्चालकद्वय कपिलदेव ओली र सन्तोष रिजाल, कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका सबै कर्मचारीहरु, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघका अध्यक्षको सहभागिता रहेको थियो ।

फोटोफिचरहरुः

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*