बीमालाई डिजिटल युगमा प्रवेश गराउन अध्यक्ष सुर्य प्रसाद सिलवालको आह्वान

धनबहादुर मगर
३१ बैशाख २०८१, सोमबार ११:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरण ५६ वर्ष पूरागरी ५७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई डिजिटल युगमा प्रवेश गराउन सबैलाई आह्वान गर्नुभयो । आज विहान काठमाडौंको भद्रकालीबाट शुरु गरेको प्रभातफेरी कार्यक्रम भृकुटी मण्डपसम्म आएर सभामा परिणत भएको थियो । सोही सभालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमालाई विस्तारै गाउँमा पु¥याउनुपर्छ बीमा गराउने बानी बसाल्नुपर्छ । डिजिटलाइजेशन गर्ने नयाँ बीमा पोलिसी ल्याउनुपर्छ ।’

‘गाउँसम्म बीमाको बातावरण बनाउने पर्छ र एक वटा दावी भुक्तानीले १०० वटा दावी भुक्तानीलाई प्रभावित बनाउछ । त्यसप्रति सचेत रहन समेत आग्रह गर्दछु । हामीले हामीलाई परिमार्जन गर्नुपर्छ’ अध्यक्ष सिलवालले भने ।

उक्त अवसरमा पेशागत बीमा अभिकर्ता संघका महासविच ओम केसीले बीमाको बजारलाई विस्तार गर्न गोलबन्द हुनपर्ने बताउँदै बीमा क्षेत्रले अझै प्रगति गर्नु सकुन् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा सर्भेयर संघका अध्यक्ष मोहन परुष ढकालले तपाईहरू बीमा क्षेत्रको औजार हुन् त्यसकार यस्तै कार्यक्रम गरेर जनचेतना फैलाउँदै अबको बीमालाई बीमालाई ९० प्रतिशतसम्म वृद्धि गर्न लागि पर्नुपर्ने बताए ।

हामीले राम्रो काम गरौं । एउटा गल्ती गर्दा धेरै दाग लाग्छ । सक्ने सुविधाको जानकारी सबैलाई गरौं । बिमा अहिले नगरे, कहिले गर्ने भन्ने नारालाई सार्थक बनाउन अघि सरौं । ५९ सालदेखि काम गरेकाहरु ३० वर्ष भयो ।
त्यसैगरि लघु बीमा कम्पनीको तर्फबाट चिरायु भण्डारीले इमान्दारी भएर काम गर्दा आगामी दिनमा बीमा व्यवसायलाई अगाडि बढाउन सक्ने बताए ।

बीमा सभालाई सम्बोधन गर्दै नेपाल बीमक संघका अध्यक्ष चंकी श्रेष्ठले बीमाको व्यवसाय सोचे जसरी अगाडि बढ्न नसक्दा फाइदामा लान कठिनाई भएको र विश्वासको बातावरण बनाउँदै जनताको सुखदुःखमा अगाडि बढे लक्ष्य सम्म पुग्न सकिने बताए ।
जीवन बीमा संघ नेपालका अध्यक्ष पोषकराज पौडेले बजेट पूर्व बीमा सम्बन्धि कार्यक्रम भएकाले बीमाको महत्व कति हुन्छ भन्ने सन्देश कार्यक्रमले दिने बताए । राष्ट्रिय बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलेले बीमा प्राधिकरणले बीमा सेवालाई तल्लो तहसम्म प¥याउने भन्ने लक्ष्य लिएका बताए । ‘बीमा गरौं, ढुक्क हौ’ भन्ने नारालाई साकार पार्न अनुरोध गर्नुभयो । साथै पौडेलले सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको पनि बताउनु भयो ।

बीमा सिमितिका सञ्चालक कपिलदेव ओलीले भने, ‘बीमा क्षेत्रले लामो समयदेखि धेरै हण्डर र ठक्कर खाएका छौं । सफल बनाउन र विस्तार गर्न तपाईहरूको महत्वपूर्ण योगदान छ ।’ साथै बीमा संस्था स्वायत संस्थाको रुपमा विकास भएको बताउदै नियमनको क्षेत्रमा एकतावद्ध भएर अगाडि बढेर सहयोग पु¥याईदिन आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*