आजदेखि नयाँ ब्रोकर कमिसन लागू
काठमाडौँ । आज अर्थात् जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिसन घटाउने निर्णय गरेकोसँगै आजबाट नयाँ कमिसन दर लागू भएको हो ।
नयाँ कमिसन अन्तर्गत संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ ।
त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०।३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०।३१ प्रतिशत कमिशन लागू हुने जनाएको छ । २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०।२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०।२४ प्रतिशत कमशिन लाग्ने छ ।