अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?

२ जेष्ठ २०८१, बुधबार १०:२५

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न गरेको छ । ।कम्पनीले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोली बिहीबार आर्थत् जेठ ३ गतेबाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*