आइपीओ जारी गर्ने योजनामा रहेको कैलाश हेलिकप्टरको आम्दानी ७३ प्रतिशतले बढ्यो

२ जेष्ठ २०८१, बुधबार ११:०३

काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले एक वर्षमा ७० करोड रुपैयाँ आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँको आम्दानी गरेको हो । जुन गत वर्षको तुलनामा ७३.७६ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले ४० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा मात्र ३१ करोड रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले स्न २०२१ मा ३२ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ३० करोड ६० लाख रुपैयाँको आम्दानी गरेकोछ ।

कम्पनीको ब्यापार निरन्तर उकालो लागि रहेको छ । कम्पनीको चुक्तापूँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । भविष्यमा आइपीओ मार्फत इक्विटी बढाउने योजना कम्पनी रहेको छ । कम्पनीको अध्यक्षमा क्याप्टेन आशिष शेरचनसहित सात व्यक्तिगत सेयरधनीहरूद्वारा प्रवर्द्धन गरिएको छ । प्रतापजंग पाण्डे प्रबन्ध निर्देशकको रूपमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*