सहकारीको बचत अपचलन र गिरीबन्धु भएको नीतिगत भ्रष्टाचारी माथि कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ जेष्ठ २०८१, बुधबार १३:४५

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी(इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।

नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।

नेविसंघ नेता गोविन्द कोइरालाले सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको बताए।

साथै गिरीबन्धु टी-इस्टेटबारे पनि छानबिन गर्न माग गरिएको उनको भनाइ छ।

उनीहरूले गुड मर्निङ केपी बा, चिया खानुभोरु, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु हैु लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी(स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको थियो।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ भने संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

माउ पार्टी कांग्रेसले सदनमा अवरोध गरिरहेका बेला भ्रातृ संस्था नेविसंघ, तरूण दल र नेपाल महिला संघले सडकमा सहकारी प्रकरणलाई लिएर प्रदर्शन गर्दै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*