नेप्सेसहित अधिकांश उपसूचकमा गिरावट, दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट

२ जेष्ठ २०८१, बुधबार १५:११

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार घटेको छ । साता कारोबारको पहिलो दिनदेखि नै बढ्दै आएको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।

बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसगै कारोबार रकम पनि घट्न पुगेको छ । आज नेप्सेमा कारोबार भएका ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर खरिद–बिक्री हुदा तीन अर्ब ७० करोड रुपैयाको कारोबार भएको छ ।

आज दुई वटा उपसूचकबाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । साथै, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथ, आज पिपुल्स पावरको ५४० रुपैयाका दरले ११ करोड ८९ लाख रुपैयासहित सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*