शेयर धितो कर्जा प्रवाहमा वृद्धि, ८६ अर्ब माथिको कर्जा प्रवाह

३ जेष्ठ २०८१, बिहीबार ११:१५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलतासँगै शेयर धितो कर्जा प्रवाहमा पनि केही वृद्धि हुन थालेको छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म ८६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । जुन गत असार मसान्तसम्म प्रवाह भएको ७६ अर्ब ३० करोड रुपैयाँभन्दा १२।३ प्रतिशतले धेरै हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन महिनादेखि सेयर कर्जा विस्तारै माथि त गएको छ । तथापि, उत्साहजनक वृद्धि भने अझै भइसकेको छैन । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जाको जोखिमभार घटाएर केही लचिलो व्यवस्था गरेको थियो। फलस्वरुपः साउनदेखि सेयर कर्जा क्रमशः बढ्न थालेको देखिन्छ ।

यता, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जामा अझै सहज नीति लिएको थियो । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारिएको थियो । तर अझै पनि नीतिगत अवरोधहरु कायमै छन् । अब आउने दिनहरुमा सेयर धितो कर्जासम्बन्धी प्रावधानमा थप लचकता प्रदर्शन गरियो भने कर्जा थप बढ्ने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*