सहकारीमा समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल

३ जेष्ठ २०८१, बिहीबार १५:०५

काठमाडौं। सहकारीमा देखिएका समग्र समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको मागलाई सम्बोधन गर्न समिति गठन गर्ने दिशातिर अघि बढिएको ब्रिफिङ गरेका छन्।

‘सहकारीमा देखिएका समस्याबारे समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति गठन गर्ने दिशातिर अघि बढिएको प्रधानमन्त्री प्रचण्डको कुरा छ,’ एक मन्त्रीले भने, ‘यसबारे कांग्रेससँग छलफल भएको र छिट्टै निष्कर्षमा पुगिने प्रधानमन्त्रीज्यूको भनाइ छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका श्रम मन्त्री डीपी अर्यालले भने सदनमा पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि उठेका विषयहरूलाई सम्बोधन गर्दै जानेबारे कुराकानी भएको बताए।

ीबहmष् दबलप
‘यस कुरामा नेपाली कांग्रेस सहमत हुनेछ भन्ने हामीले विश्वास लिएका छौं, आज सदनको गतिरोध अन्त्य हुन्छ भन्ने पनि हामीलाई लाग्छ,’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*