मौद्रिक नीतिको समीक्षाको तयारीमा राष्ट्र बैंक

३ जेष्ठ २०८१, बिहीबार १६:४२

काठमाडौं ।नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा लागेको छ।माग नबढ्ने देखेपछि मौद्रिक व्यवस्थाहरुलाई यथावत राख्दै तेस्रो समीक्षा गर्ने तयारी गरेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षाका लागि बिहीबार देखि व्यवसथापन समितिमा छलफल सुरु गरेको छ ।केन्द्रीय बैंकको व्यवस्थापनमा छलफल सकिएपछि सञ्चालक समितिले निर्णय गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्छ ।

व्यवस्थापन समितिमा छलफल सुरु भएकाले समीक्षा आगामी सातासम्म आइपुग्ने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।भोलि बिहान बोर्डको बैठकको निर्णय भएपश्चात् भोलि मौद्रिक निति  समीक्षा सार्वजनिक गर्ने वा नगर्ने भन्ने बिषयमा टुंगो लाग्ने स्रोतले जनाएको छ।

भोलि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तर्वजनिक हुन्छ वा हुँदैन अन्योलता भने कायमै छ ।

मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको १ महिनाभित्र ल्याउनुपर्ने प्रावधान रहेको थियो ।

केही हप्ता अघि केन्द्रिय बैंकले उक्त व्यवस्था संसोधन गदैै त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा ल्याउनुपर्ने प्रावधान बनाएको छ।

सो कारण यो बर्षदेखि जेठको १५ गतेसम्ममा सार्वजनिक गर्न पाउने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*