प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका

४ जेष्ठ २०८१, शुक्रबार ११:०५

काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको तीन लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो।

उक्त शेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

 

3 thoughts on “प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका

  1. इन्द्र कुमार चौधरी says:

    Yes

  2. इन्द्र कुमार चौधरी says:

    I buy share

  3. इन्द्र कुमार चौधरी says:

    दाइरेक्त मेरो सेयर बात किन्न मिल्दैन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*