बैंकहरुलाई थप राहत दिने राष्ट्र बैंकको निर्णय, कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतमा झर्यो

४ जेष्ठ २०८१, शुक्रबार ११:२२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाहको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले राहत दिने घोषणा गरेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरेको कर्जा नोक्सानी व्यवस्थालाई घटाएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गिकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १ दशमलव २५ प्रतिशतबाट घटाई १ दशमलव २० प्रतिशत कायम गरिनेछ’ सार्वजनिक नीतिका उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*