मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने

४ जेष्ठ २०८१, शुक्रबार ११:४३

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत शेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*