९ महिनामा २ खर्ब ऋण परिचालन, चालु खर्च कति ?

४ जेष्ठ २०८१, शुक्रबार १२:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को ९ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ ।आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड भएको जनाएको छ ।

सो अवधिमा नेपाल सरकारको कुल खर्च रु।९०९ अर्ब ३९ करोड भएको महालेखा नियन्त्रक कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७४८ अर्ब ४ करोड भएको छ ।

यस्तै समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*