कर्जा प्रवाह गर्न नसकेका बैंकलाई राहत, मौद्रिक नितिले खुकुलो निति लिएको छः कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल

४ जेष्ठ २०८१, शुक्रबार १३:२६

काठमााडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताएका छन्।राष्ट्र बैंकले तेस्रो त्रैमासको मौद्रिक नितिको समिक्षाको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

मौद्रिक नितिको ३८ नम्बरको बुँदामा बैंक तथा वित्तिय संस्थाहरुको पुँजीकाष थप सुदुढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने व्यवस्था राखिएको छ।

त्यस्तै, मौद्रिक नितिको तेस्रो समिक्षाको ४१ बुँदामा बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गनुपर्ने विधमान कर्जा नोक्सानी व्यवस्था १२५ प्रतिशतबाट घटाई १२० प्रतिशत कायम गरिने व्यवस्थाले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई राहत दिने आधारमा मौद्रिक नितिमा समावेश गरिएको उनले बताए ।

मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने नीति लिएको उनले बताएका छन् ।

पछिल्लो समय कतिपय बैंकहरुको पुँजी कोषको दबाबका कारण थप कर्जा प्रवाह गर्न नसक्ने बताइरहेका थिए।

राष्ट्र बैंकको यो व्यवस्थाले पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई कर्जा प्रवाह विस्तार गर्न केही सहज हुने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*