बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारदेखि खुल्ने

४ जेष्ठ २०८१, शुक्रबार १३:४४

काठमाडौं ।  मर्जर प्रकृया सकेर एकीकृत कारोबार गरेपश्चात बन्द भएको बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको २ लाख ५४ हजार ५० कित्ता शेयर सामुदायिक लघुवित्तको नाममा सूचीकृत भएको छ।

कम्पनीको शेयरको पहिलो कारोबारको लागि नेप्सेले ८८३ रुपैयाँ ९७ पैसा कारोबार मूल्य तोकेको छ। यही मूल्यमा आधारित रहेर आइतबार कम्पनीको शेयर कारोबार खुल्ने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*